पारिश्रमिक नपाउँदा शिक्षक आन्दोलनमा, पठनपाठन ठप्प
धनुषा । नगराइन नगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् ।