एसीसी प्रिमियर कपमा नेपालको जित, ओमान ८४ रनले पराजित
काठमाडौं । कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई ८४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले आठ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो