एएफसी यू-१७ एसियन कपः अन्तिम खेलमा पनि नेपाल पराजित
काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आइतबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४-२ गोलअन्तरले पराजित भयो । नेपालले अन्तिम १० मिनेटमा २ गोलको सामना गरेको थियो ।