जनताको जलविद्युत् कार्यक्रमले अग्रिम शेयर बिक्री गर्न पाउने
काठमाडौँ, सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।