पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार लागेको बताउनुभएको छ ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले अब आर्थिक विकास आवश्यक छ ।”
पूर्वप्रधानमन्त्री खनालले मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी रहेको उल्लेख गर्दै संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताउनुभयो ।




















