मुलुकको समृद्धिका लागि सरकारले उत्पादित वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारी लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सार्थक विन्दुमा पु¥याउन आर्थिक विकासका लागि सरकारले विभिन्न योजना तथा नीतिनियमहरु निर्माण गरी कार्यक्रम अघि बढाइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।
नेपाल तयारी पोशाक उद्योग सङ्घको आज राजधानीमा आयोजित २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा खतिवडाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगमध्ये तयारी पोशाकसम्बन्धीको उद्योग महत्वपूर्ण हो भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति रहेको उल्लेख गर्नुभयो ।
उत्पादनमा लाग्ने लागतमा साझेदारी गर्न सरकार तयार रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामी छुट दिने कुराहरु गरिरहेकै छौँ, विद्युत् महशुलमा ५० प्रतिशत र आयकरमा छुट दिन तयार छौँ, अरू धेरै कुरामा छुट दिन्छौँ नै, नेपाली हातले बुनेका र कटनका कपडा ब्राण्डिङ गर्नुहोस्, त्यस्तो गार्मेन्ट र कपडाको विकास तथा उत्थानका लागि प्याकेजमा डिल गर्न सरकार तयार छ, म यहाँहरुलाई आह्वान गर्छु ।”
जति पनि रुग्ण कपडा तथा धागो कारखनाहरु छन्, त्यसलाई सञ्चालन गर्नका लागि वा व्यवस्थापनका लागि सरकारले आह्वान गर्न लागेकाले इच्छा प्रकट गर्नसमेत अर्थमन्त्री खतिवडाले उद्योगीलाई आग्रह गर्नुभयो ।
नेपालमा उत्पादन भएको कपडालाई खपतकर्ताहरु सुरक्षा निकाय, सार्वजनिक विद्यालय या अस्पताललाई अनिवार्य खरीद गर्ने व्यवस्थालाई अझै प्रभावकारी गराउन सार्वजनिक खरीद ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको समेत उहाँले जानकारी दिनुभयो ।
निर्यात अनुदानलाई मूल्य अभिवृद्धिको हिसाबले राख्न लागेको भन्दै अर्थमन्त्री खतिवडाले जति बढी श्रम प्रयोग हुन्छ, त्यति बढी कर छुट हुने जानकारी गराउनुभयो । “काम गराउने श्रमिक कति स्वदेशीका प्रयोग गरेका छौँ, कति विज्ञ जनशक्ति छ भन्ने कुरामा ख्याल गर्नुपर्छ, उद्योगको मात्रै कुरा गरेर हुन्न, जनशक्ति विकासमा पनि सरकाले के गर्नुप¥यो तपाईंहरुले के गर्न सक्नुहुन्छ त्यो बाटो पनि बताइदिनुप¥यो,” डा खतिवडालाई उद्योगीसँग भन्नुभयो ।
निर्यातका विषयमा भनाइ राख्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै कारणले समस्या आएको उल्लेख गर्दै विसं २०७३ मा बनेको औद्योगिक व्यवसाय ऐन परिमार्जन प्रस्ताव अर्काे हप्ता मन्त्रिपरिषद्मा जाने जानकारी दिनुभयो ।
उहाँले एक हप्ताभित्रै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन तथा सार्वजनिक निजी साझेदारीसहितको लगानी सम्बन्धीको ऐनलाई संसद्मा लाने तयारी गरिएको र कम्पनी ऐनलाई पनि सरलीकरण र व्यवस्थित गर्ने गरी संशोधनको प्रक्रिया अघि बढाएको बताउनुभयो ।
एकद्वार प्रणालीका विषयमा सरकार पनि गीम्भर भएको बताउँदै उहाँले नयाँ उद्योग दर्ता, सञ्चालन स्वीकृति, विदेशी विनिमय लगायतका कुरा अब एकद्वार प्रणालीबाट शुरु हुने गरी मन्त्रिपरिषद्ले कार्यविधि पास गरिसकेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा धैरै पूर्वाधार बनिसकेको जानकारी दिनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, “अब यो छिट्टै कार्यान्वयनमा जान्छ, एक दर्जन जति संस्थाहरुमा धाउनुपर्ने अवस्थाको अन्त्य हुँदैछ, ठूला लगानीकर्ताले अब एकै ठाउँबाट हरेक काम गर्ने गरी सिङ्गल विण्डोमा बसेर सेवा पाउने गरी कानूनी व्यवस्था बन्न लागेको छ, यसपछि औद्योगिक वातावरण सिर्जना हुन्छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले विगतमा गार्मेन्टको उत्पादन मात्रै रु ४० अर्बको हाराहारीमा निर्यात भएको अनुभव सुनाउँदै अहिले घट्नु दुःखद हो भन्नुभयो । निर्यात र आयातमा बराबरी नहुने हो भने मुलुकको अर्थतन्त्र चलायमान नहुने भन्दै ढकालले सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल तयारी पोशाक उद्योग सङ्घका अध्यक्ष चण्डीप्रसाद अर्यालले उद्योगको विकासमा सरकारले धेरै काम गर्न बाँकी रहेको औँल्याउनुभयो । अहिले नेपालमा दुई हाजार २०० भन्दा बढी गार्मेन्टका यन्त्र उपकरणहरु बन्द अवस्थामा रहेकाले सरकारले यसलाई मात्रै सञ्चालनका लागि वातावरण तयार पार्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिने बताउनुभयो ।
नेपाल चेम्बर अर्फ कमर्शका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको औँल्याउँदै कमजोर पूर्वाधार, उच्च लागत र ब्याजदर लगायत कारणले नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गार्मेन्ट उद्योगलाई मात्रै प्रभावकारी बनाउन सके सोधनान्तर घाटा कम गर्न सकिने उल्लेख गर्दै यही क्षेत्रलाई हेर्ने गरी विभाग खडा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्योगको विकासका लागि स्वदेशी ब्राण्डको व्यवस्थापनसँगै बजार, प्याकेजिङ र डिजाइनलाई व्यवस्थित र भरपर्दाे बनाउनुपर्नेमा जोड दिनुभयो ।
व्यावसायिक संस्था सम्मानित
कार्यक्रमा सबैभन्दा बढी तयारी पोशाकको कारोवार गर्ने तीन व्यावसायिक संस्थालाई अर्थमन्त्री डा खतिवडाले सम्मान गर्नुभएको थियो ।
सन् २०१७ मा रु ४६ करोड ७६ लाख तयारी पोशाकको कारोवार गरी प्रथम हुन सफल काठमाडौँ स्टार फेशन प्रालि, रु २३ करोड ९० लाखको कारोवार गर्दै द्वितीय हुन सफल नेपाल फेशन प्रालि र रु २० करोड २६ लाखको कारोवार गरी सर्वतृतीय हुन सफल पल्स सोलुशन प्रालिलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

























