अर्थमन्त्री र चिनियाँ राजदूत भेट
अर्थमन्त्री डा युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट वार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको सो भेटमा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माणकार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा छलफल भएको थियो ।