काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष खरेलले राजीनामा बुझाएको बताइएको छ ।
०७५ भदौ ३१ गते मन्त्रिपरिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । पर्यटनमन्त्री भट्टराईले उनलाई हटाउने चेतावनी दिदै आएका थिए ।