फुटबल खेलाडीलाई आर्थिक सहयोग
काठमाडौं । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित दुई लाख ५९ हजार रूपैयाँ शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।