फरवार्ड माइक्रोफाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ईलामको सन्दकपुर पालिकाको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्सले सन्दकपुर नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो