सुनचाँदीको मूल्यवृद्धि
काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।