म कुनै गुटबाट अध्यक्ष बनेको होइन, एमालेको अध्यक्ष हुँः दिलीप न्यौपाने, पोखरा महानगरपालिका
देशकै ठूलो महानगर पोखरामा निकै मुस्किलका साथ एमाले नेतृत्व चयन गरिएको छ । पाँच जना आकांक्षीबाट दिलीप न्यौपाने अध्यक्ष चुनिएका छन् । पार्टी विभाजनको कठिन अवस्थामा अध्यक्ष बनेर पार्टीलाई एकीकृत बनाउने र आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने उनको दायित्व छ