ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एकजनाको मृत्यु
ब्राजिल । ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’ मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो ।