बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाकाे पार्टीको विद्यार्थी संगठन प्रतिबन्धित
ढाका । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगनिकट विद्यार्थी संगठन ‘बंगलादेश छात्र लिग’लाई बंगलादेशको अन्तरिम सरकारले प्रतिबन्ध लगाएको छ। सरकारले ‘आतंकवादविरोधी ऐन, २००९’को धारा १८ को उपधारा (१)मा प्रदान गरिएको शक्तिअन्तर्गत बंगलादेश अवामी