‘वैध मत मात्र गणना गरिए आफूले सजिलैसँग जित्ने’ ट्रम्पको दाबी, ‘संयमित’ हुन बाइडनको आग्रह
काठमाडौँ । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् । ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरे। “लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उनले भने, तर “प्रक्रियाले काम गरिरहेको छ।”