काबुलको होटल आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा
अफगानिस्तानको राजधानी काबुलस्थित एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन् । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका प्रमुख तडामिची यमामाटाले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा महासचिव गुथ्रेसले उक्त घटनाको कडा शब्दमा निन्दा गरेका हुन् ।