आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण
कोलम्बो । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूका लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुईपांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।