एमाले सचिवालय बैठक जारी, अध्यक्ष ओलीले आफूविरुद्ध उठाइएका प्रश्नको जवाफ दिँदै
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकको तेस्रो दिनको छलफल अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी छ । बैठकमा आज बोल्न बाँकी रहेका सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।