काठमाडौं । नेकपा (एमाले) सचिवालयको आठौँ बैठक यही जेठ २ गते दिउँसो १ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको छ ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही तथा पार्टीको आगामी कार्यदिशालगायत विषयमा गम्भीर समीक्षा हुने जनाइएको छ ।
त्यसैगरी राष्ट्रिय हितसँग सम्बन्धित विषयमा समेत महत्वपूर्ण छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।
पार्टी नेता तथा कार्यकर्ताले बैठक सफल, उपलब्धिमूलक र पार्टीसँगै राष्ट्रका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरेका छन् ।




















