काठमाडौं । नेकपा एमाले सचिवालय बैठकको तेस्रो दिनको छलफल अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी छ । बैठकमा आज बोल्न बाँकी रहेका सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
एमालेभित्र बहुमत पदाधिकारीले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन दबाब दिएको बताइएको छ । यद्यपि अध्यक्ष ओली भने सचिवालय बैठकमा उठेका विषयलाई केन्द्रीय कमिटीमा लगेर विस्तृत छलफल गर्नुपर्ने पक्षमा देखिएका छन् ।
महाधिवेशनबाट निर्वाचित नेतृत्व भएकाले दबाबका आधारमा पद नछाड्ने अडानमा रहेका ओलीले आफूविरुद्ध उठाइएका प्रश्नको ‘एक–एक’ जवाफ दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । आजको बैठकमा अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको मागसहित उठेका विषयमा स्पष्ट धारणा राख्ने अपेक्षा गरिएको छ ।
पदाधिकारीमा रहेका केही नेताहरुले विभिन्न शक्ति र निजी स्वार्थ अनुसार अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बताए पनि अधिकांस केन्द्रीय सदस्य र नेता कार्यकर्ता अध्यक्ष ओलीको निरन्तरताको पक्षमा छन् । केही महिना अघि मात्र सम्पन्न महाधिवेशनबाट निर्वाचन अध्यक्ष ओलीले केही नेताहरुले राजीनामा माग्दैमा दिन नहुने माग समाजिक सञ्जाल मार्पmत नेता, कार्यकर्ता र ओलीका शुभेच्छुकहरुले गरेका छन् ।




















