अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेट, द्विपक्षीय सम्बन्धमा छलफल
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ। तीन दिने नेपाल भ्रमणमा रहेका कपुरले मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनालसँग भेट गरेका हुन्। भेटमा नेपाल–अमेरिका सम्बन्ध तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको