जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरूले हासिल गरेका उपलब्धिहरूमाथि प्रहार भइरहेको बताएका छन् । गणेशमान सिंहको २८औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा बोल्दै उनले वर्तमान आन्दोलनको आवरणमा राजनीतिक परिवर्तन र लोकतान्त्रिक उपलब्धिलाई मेट्न