स्काउटको जग्गामा कांग्रेसका नेता खड्काले निर्माण गरेका संरचनामा महानगरपालिकाले डोजर
काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले निर्माण गरेका संरचना काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो र स्काउटको जग्गामा बनेका संरचनाहरू भत्काएर खाली गराइएको हो।