काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालाको अतिक्रमित संरचनाम डोजर चलाएको छ । अतिक्रमित संरचनामा डोजर चलाएपछि अवरोध गर्न खोज्ने सुमन सायमीसहितका तीन जना युवाहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको छ ।
महानगरले चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो ।
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।