काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सो क्रममा नगर प्रहरी र मजदुरबीच झडप हुँदा तीन मजदुर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको छ । त्यस्तै दुई जना नगर प्रहरी पनि घाइते भएका छन् ।
कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आए पनि कवाड व्यवसायलाई महानगरबाट हटाउने अभियान जारी छ ।
कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताएका छन् ।