गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको निर्णय
काठमाडौं । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकमा आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरिएको बताइएको