धनुषा । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार मिथिला नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ ।
प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।
संक्रमित २१९ मध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् ।



















