काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सघाउने निर्णय प्रमुख विपक्षी दलहरूले गरेका छन्।
बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, नेकपा (एमाले) र नेकपाको संयुक्त बैठकले लेखा समिति सभापतिमा कांग्रेसलाई समर्थन गर्ने सहमति गरेको हो।
बैठकको निर्णयअनुसार अब सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिनेछ। कांग्रेस सांसद भीष्मराज आङदेम्बेका अनुसार एमाले र नेकपाले कांग्रेसलाई सघाउने समझदारी बनेको छ।
यस सहमतिसँगै सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रियामा विपक्षी दलहरू एकजुट भएर अघि बढ्ने देखिएको छ।




















