काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीले करिब १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाइएको छ।
मुद्दामा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाइएको स्रोतले जनाएको छ। मुद्दा विशेष अदालतमा दर्ता भइसकेको छ।
डा. तिवारी २०७३ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणमा नियुक्त भएका थिए। कार्यकालका क्रममा उनी चर्चामा समेत रहेका व्यक्तित्व हुन्।






















