जनकपुरधाम । धनुषाको लालगढ क्षेत्रबाट एक सशस्त्र प्रहरी निरीक्षक घुस लिएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयको टोलीले आज बिहान उनलाई ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारीसाधनहरूलाई रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीका आधारमा निरीक्षण तथा निगरानी भइरहेको थियो।
सोही क्रममा उनलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।




















