काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले सम्पति शुद्धिकरणको कार्यलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।
विहीबार बसेको प्रतिनिधिसभाको पहिलो वैठकलाई सम्बोधन गर्दै साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गरे ।
उनले प्रधानमन्त्री, सबै मन्त्री र सांसदहरुको सम्पति छानविन सुरु हुनुपर्ने बताए । साम्पाङले बोल्ने संसदमा बोल्न समय दिँदा विभेद गरेको गुनासो गरेका छन् ।




















