काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो वैठकमै नेकपा एमालेका सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् ।
एमाले नेता गुरु बरालले प्रतिनिधिसभाको आजको पहिलो वैठकमै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता लेखकको रिहाइको माग गरेका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले वैठक सुरु गर्ना साथ उठेका उनले संविधानको धारा १७ मा स्वतन्त्रता र धारा १८ मा समानताको हक रहेको बताउँदै देशमा अहिले जति पनि घटनाहरु घटिरहेका छन् ती संवैधानिक रुपमा जायज छन् ? भन्दै प्रश्न गरेका छन् ।
उनले वर्तमान सरकारले फौजदारी आचारसंहिताको ८१ र ८२ को गलत प्रयोग अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गरिएको बताए । उनले पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको गिरफतारीको विरोधमा निस्किएको प्रदर्शनलाई प्रहरीले निर्ममरुपमा दमन गरेको समेत बताए । उनले सुर्खेतस्थित नेकपा एमालेको पार्टी कार्यालयमै पसेर प्रहरीले दमन गरेको बताएका छन् ।




















