काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिन अस्वीकृत गरेको छ ।
न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश गर्दा अदालतले पक्राउ पुर्जी जारी नगर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले जिल्ला अदालतले पक्राउ अनुमति दिन नमिल्ने आदेश जारी गरेको हो ।




















