काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी भएकाे विज्ञप्ति अनुसार, संविधानअनुसार, राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिस अनुसार संवत् २०८२ साल चैत १९ गते बिहीबार, दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन सञ्चालन गर्न आव्हान गरेका हुन् ।
यस सम्बन्धमा राष्ट्रपति भवनका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।





















