काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लेखकलाई रिहा गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतको आदेशससँगै लेखक हिरासतमै रहनेछन्। सर्वोच्चले विपक्षीलाई पक्राउ गर्नुको कारण सोधेको छ।
लेखक पत्नी यशोदाले दायर गरेको बन्दीप्रत्येक्षीकरण रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। यसअघि काठमाडौं जिल्ला अदालतले लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शुक्रबार लेखकलाई पक्राउ गरेको थियो ।




















