काठमाडौं । मुग्लिङ नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भोलिदेखि ३ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिङ-नागढुंगा सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य अगाडि बढिरहेकाले रातिको समयमा सडक बन्द गर्न लागिएको हो ।
सडक निर्माणका क्रममा पटक- पटक सवारी आवागमन बन्द गर्नु परेका कारण यात्रुहरूले यात्राको क्रममा कठिनाई भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द गर्न लागिएको छ ।




















