काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।




















