काठमाडौँ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले कडा आपत्ति जनाएका छन् ।
यसैक्रममा एमालेका महासचिव शंकर पोखरेलले सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर! मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर!” भन्दै कडा प्रतिक्रिया जनाएका हुन् ।
यसअघि एमाले सचिव महेश बस्नेतले पनि क्याबिनेटको निर्णय अस्वीकार्य रहेको उल्लेख गर्दै प्रतिवेदन कार्यान्वयनको नाममा राजनीतिक बदला लिन खोजिए देश पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भने सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।



















