काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि पत्रकारसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाको नेतृत्वमा सरकार गठन हुँदा आफूलाई गर्वको महसुस भएको र अब वाचा कार्यान्वयतर्फ अघि बढेको बताए ।
उनले वाचापत्रमार्फत परिवर्तन ल्याउने बाचा नागरिकसँग गरेको स्मरण गर्दै त्यो जिम्मेवारी आफ्नो काँधमा आएको पनि बताए ।



















