काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई १२:३४ बजेको शुभ साइतमा शपथ ग्रहण गराएका हुन्।
समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।




















