काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ निर्वाचित भएका हुन् ।
मतगणनाको सुरुदेखि अग्रता कायम गर्दै गुरुङ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन् ।
मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कूल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




















