काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।
फागुन २१ गते सम्पन्न मतदान अनुसार प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन ।
यद्यपि, निर्वाचन अधिकृतले हालसम्म प्रचण्डको औपचारिक विजयी घोषणा गरेका छैनन् ।



















