काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शनिबार बिहान ७ बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये रास्वपा ९९, कांग्रेस ९, एमाले १०, नेकपा १०, श्रम संस्कृति ६, राप्रपा १ र स्वतन्त्रका १ उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यसैगरी रास्वपा १९, कांग्रेस ५, नेकपा २ र एमालेका १ जना उम्मेद्वार विजयी भइसकेका छन् । अहिलेसम्मको विजयी तथ्यांक हेर्दा रास्वपा पहिलो, कांग्रेस दोस्रो नेकपा तेस्रो र एमाले चौथो स्थानमा रहेका छन् ।




















