चरिकोट । तत्कालीन नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा दोलखाका संस्थापक कम्युनिस्ट नेता शिवप्रसाद भण्डारीसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।
आइतबार राति चरिकोटमा भएको वार्तापछि दोलखा जिविसका पूर्वउपसभापतिसमेत रहेका भण्डारी, भीमेश्वर नगरपालिकाका पूर्वउपमेयर शान्तबहादुर बस्नेत, थामप्रसाद आमगाईलगायत नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन्।
एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउने अभियानका साथ आफूहरू “पहिलेकै घर” फर्किएको भण्डारीले बताए। उनले माओवादीसँगको एकतामा जान नसकेपछि आफूले निर्माण गरेको घर एमालेमै फर्किने निर्णय गरेको उल्लेख गरे।
भण्डारीसँगै साबिक नेकपा एकीकृत समाजवादीका विभिन्न तहका नेता–कार्यकर्ता पनि एमालेमा समाहित भएको जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।




















