काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूप्रति व्यक्त गरिएको विश्वासलाई अब मतमा रूपान्तरण गर्न आग्रह गरेका छन्।
मंगलबार सुनसरी–२ को झुम्कामा आयोजित कार्यक्रममा नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई भोट दिएर विजयी गराउन अनुरोध गरेका हुन्।
सभापति थापाले भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यही क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी प्रतिबद्धता पूरा गर्नेछु।”
उनले कांग्रेसले गरेका प्रतिबद्धता पूरा भए–नभएको विषय जनतासमक्ष राख्न नेताकार्यकर्तालाई आग्रह गरे।
“म तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,” उनले भने। बदलिएर आएको कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासन स्थापना गर्न आधारसहित काम गर्ने पनि सभापति थापाले बताए।



















