काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।
आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो ।
यी हुन् आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु
रेट माइ नेता (ratemyneta.com),
एक्जिट पोल नेपाल (exitpollnepal.com),
नेपाल पोल (Neppoll.com)
एचओआर २०२६ (Hor-2026.vercel.app)
नेपाल राइटस् (elections.nepalwrites.com)
पोलिमार्केट (Polymarket.com/event/Nepal-house-of-representatives-election-winner)
त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको (rate.ekantipur.com) वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत भएको भन्दै आयोगले नेपाल प्रेस काउन्सिलाई पत्र काटेको छ ।




















