काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रहपूर्ण’ ठहर गरेको छ ।
बैठकले सरकारको यो कदमको भत्र्सना गर्दै उनीहरूको अविलम्व र निःशर्त रिहाइको माग गर्दै विशेष प्रश्ताव पारित गरेको हो । संसदीय दलका नेता रामबहादुर थापाले सरकारले प्रतिपक्षका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको आरोप लगाए ।
एमालेले यस मुद्दालाई संसदीय मोर्चा, सडक र अदालतको मोर्चाबाट समेत सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।
नेता ओली र लेखकको रिहाइ नभएसम्म एमालेले आफ्नो आन्दोलन जारी राख्ने र सरकारलाई दबाब दिने रणनीति तय गरेको छ ।


















