काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो दिन मंगलबार १९.४३ अंकले घटेको नेप्से परिसूचक बुधबार २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंलबारको तुलनामा घटेको छ। यसदिन ३१८ स्क्रिप्सको ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३ अर्ब १० करोड १८ लाख ८० हजार ९४५ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। दुई कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय संस्था र विन्धावासिनी हाइड्रोपावरको सेयर १० प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हिमालयन रिइन्स्योरेन्सले १३ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावरको १२ करोड,बुटवल पावरको ९ करोड र हिमालयन डिस्ट्रिलरीको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २०६ वटाको घट्यो। पाँच स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए। म्युचुअल फण्डको उपसूचक ०.२४ प्रतिशतले बढ्यो।


















