काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ८९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका ११६ निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेसम्म रास्वपाका ८९ स्थानमा, नेपाली कांग्रेस ९, नेकपा (एमाले) ७ र नेपाली कम्युनिष्ट पार्टी ९ स्थानमा अगाडि छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा अगाडि छन् ।
यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक/एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।



















