काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव भेटिएको छ। शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार रानीपोखरीमा करिब ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव फेला परेको हो।
शव कसको हो भन्नेबारे खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।




















